
काठमाडौं , नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि किसिमको शुल्क नलिन निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि किसिमको शुल्क नलिन निर्देशन दिएको हो ।
