आजदेखि गोरखामा निषेधाज्ञा हट्यो

१५ भाद्र २०७७, सोमबार ०८:१५

गोरखा , गोरखामा निषेधाज्ञा आजदेखि हटेको छ । भदौ १ गतेदेखि जारी निषेधाज्ञा हटेसँगै चहलपहल सुरु भएको छ ।
त्यस्तै होटल, ब्युटीपार्लर, सैलुन, जिमखानाबाहेकका पेशा व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आजदेखि खुलेका छन् ।

कोभिड१९ रोकथाम नियन्त्रण र न्यूनीकरणका लागि गठित जिल्लास्तरीय कमाण्ड पोष्टको हिजो बसेको बैठकले गोरखामा जारी निषेधाज्ञा हटाउने निर्णय गरेको थियो ।

अत्याधिक भीडभाड हुने सरकारी तथा निजी सङ्घसंस्थालाई भने तालिका बनाएर खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।