प्रदेश ५ मा थप ७२ जना कोरोना संक्रमित

१२ भाद्र २०७७, शुक्रबार १८:४६

तिलोत्तमा, प्रदेश ५ मा शुक्रबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका ५ जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

थप हुनेमा रुपन्देहीका ५२ जना, बाँकेका १५ जना, कपिलवस्तु र नवलपरासीका १ , १ जना र रोल्पाका ३ रहेका छन् । अहिलेसम्म प्रदेशमा रहेका ६ हजार १ सय १ जना संक्रमितमध्ये ४ हजार ७ सय ३ जना निको भएर घर फर्किएका छन् भने १ हजार २ सय ९७ जना आइसोलेसनमा छन् ।