चट्याङ लागेर एक जनाको मृत्यु

११ भाद्र २०७७, बिहीबार १५:३८

काठमाडौं, चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अम्मर बस्ती बस्ने २७ वर्षीय गणेश बहादुर सिंहको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ।

चट्याङ लागेर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका अन्य २ जनाको उपचार भइरहेको छ।