
काठमाडौं, वीर अस्पतालमा कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सकको संख्या ३० पुगेको छ।
अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार बुधबार नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना पुष्टि भएको हो।
नाक, कान, घाँटी विभागका एक डाक्टर, महिला वार्डमा कार्यरत दुई नर्स र सहायक स्तरका दुई कर्मचारीमा कोरोना संक्रमण भएको उहाँले बताउनु भयो ।
अस्पतालका अुनसार केही संक्रमित कर्मचारीलाई वीर अस्पतालकै आइसोलेसनमा राखिएको छ भने केही कर्मचारी होम आइसोलेसनमा छन्।
अस्पतालका सबै सेवा सञ्चालन भइरहेको छ। देशभर चार सयभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
