लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जनामा कोरोना संक्रमण

१० भाद्र २०७७, बुधबार १७:०७

बुटवल, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका एक जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार अस्पतालको प्रशासन शाखामा कार्यरत एक जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालकै स्टोर शाखामा कार्यरत अन्य दुई जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार बिहानसम्म स्वास्थ्यकर्मी र कर्मचारी गरी १० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सात जना स्वास्थ्यकर्मी तीन जना प्रशासनका कर्मचारी हुन् ।