पहिरोले घर भत्किँदा एक किशोरीको मृत्यु

९ भाद्र २०७७, मंगलवार १५:५०

बागलुङ , बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिदा एक किशोरीेको मृत्यु भएको छ ।

अबिरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर माटोको डिस्कोले पुर्दा १९ बर्षीय युवती पुजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पुजा पहिरोले च्यापिए पछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिनु भयो ।