चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

८ भाद्र २०७७, सोमबार ११:२५

काठमाडौं, चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २० जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये १४ जना चितवनका, नवलपुरका चार, मकवानपुरका एक जना, गोरखाका एक जना र बाराका एक रहेका छन्

संक्रमितहरु २० देखि ७४ वर्ष उमेर समूहको रहेका अस्पतालले जनाएको छ।