आज सानेपादेखि बागडोलसम्म विद्युत आपूर्ति नहुने

७ भाद्र २०७७, आईतवार १०:५९

नेपाल विद्युत् प्राधिकरणले नयाँ फिडर तान्ने हुनाले आज दिउँसो सानेपा रिङरोड बाहिर, धोविघाट क्षेत्र आसपासदेखि बागडोलसम्म विद्युत् आपूर्ति नहुने भएको छ ।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु रिङरोड  फिडरबाट वितरण भएको ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विजुली आपूर्ति नहुने भएको छ । प्राधिकरणले यो क्षेत्रमा बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म विजुली नहुने सार्वजनिक सूचना जारी गरेर जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार यस  फिडर अन्तर्गत बागडोल क्षेत्र आसपास, सनराइज टावर अफलोडल, सानेपा रिङरोड बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प क्षेत्रसहितमा बिजुली आपूर्ति बन्द हुनेछ । फिडर तान्ने कार्य निर्धारित समयअघि नै सम्पन्न भए तत्काल विद्युत् लाइन सुचारु हुने प्राधिकरणले जानकारी गराएको छ ।