भक्तपुरमा एकै दिन ४८ कोरोना संक्रमित थपिए

६ भाद्र २०७७, शनिबार १९:२६

भक्तपुर , भक्तपुरमा शनिबार एकै दिन ४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। भक्तपुरमा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिएको हो। जसमा ३७ जना पुरुष र ११ जना महिला रहेका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस बिफ्रिङमा भक्तपुरमा ५० जना संक्रमित थपिएको भनिए पनि ४८ जनामात्रै रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।