आइसोलेसन सेन्टर तोडफोडको आरोपमा क्याम्पस प्रमुख पक्राउ

६ भाद्र २०७७, शनिबार १९:१९

संखुवासभा, संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् ।

क्याम्पसप्रमुख डा मातृकाप्रसाद तिम्सिनालाई अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

क्याम्पसप्रमुखमाथि आपराधिक उपद्रव मुद्दामा छानबिन र अनुसन्धान भइरहेको र घटनामा संलग्न अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।