नवलपरासी पश्चिममा भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा

६ भाद्र २०७७, शनिबार १५:१९

नवलपरासी , जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भदौ ७ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको अवधि ४ दिन थप गरेको छ ।

पश्चिम नवलपरासीमा यसअघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला प्रशासन कार्यालय नवलपरासीले शनिबार छुट्टाछुट्टै २ वटा सूचना निकालेर निषेधाज्ञाको अवधि भदौ १० गते राति १२ बजेसम्म लम्ब्याएको हो ।