कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको ‘लौ न बोलिदेऊ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शिव परियारको निर्माणमा बनेको ‘लौ न बोलिदेऊ’ को म्युजिक भिडियो गायक परियारको युट्युव च्यानल शिव परियार मार्फत् सार्वजनिक भएको छ।
म्युजिक भिडियोमा भारतीय रियालिटी शो डान्स इन्डिया डान्स–२०१७ का सेमी फाइनलिस्ट तथा डान्स प्लस–२०१८ का फस्र्ट रनरअप सुजन मार्पा तामाङको साथमा मानसी तामाङको अभिनय छ।
रिदम कँडेलको संगीत संयोजन र एचबीएन किस्मतको मिक्सिङ र गोङग्बाको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।