२०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने चिनियाँ कम्पनीको घोषणा

३ भाद्र २०७७, बुधबार ०७:०५

एजेन्सी, चिनियाँ कम्पनी सिनो फार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने घोषणा गरेको छ।

सिनो फार्मका अध्यक्ष लिउ जिंगझेनले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई)मा चलिरहेकाले आगामी डिसेम्बरसम्ममा बजारमा आउने अपेक्षा गरिएको जनाएका छन्।

अध्यक्ष लिउले आफैंले खोप लिएको जनाउँदै यसको कुनै साइड इफेक्ट्स नभएको जनाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।