
काठमाडौं , कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाभाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी गराउनु भएको छ । भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन भने मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न नपाइने जारी आदेशमा उल्लेख गरिएको छ ।
