लागूऔषधसहित एकजना पक्राउ

३० श्रावण २०७७, शुक्रबार १३:११

कपिलवस्तु, कपिलवस्तु नगरपालिका १० विर्ताबाट आठ ग्राम २३० मिलिग्राम लागुऔषध हेरोइनजस्तो देखिने खैरो पदार्थसहित एक युवक पक्राउ परेका छन्।

सोही ठाउँ बस्ने २७ वर्षीय विजय पासवानलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले लु९ प २३८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक पासवानलाई उक्त परिमाणको पदार्थसहित फेला पारेको हो।