पत्रकार बलराम बानियाँ सम्पर्कविहीन, खोजतलासका लागि प्रहरीमा निवेदन

२८ श्रावण २०७७, बुधबार १४:०३

काठमाडौं, कान्तिपुर दैनिकमा कार्यरत् वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिनदेखि सम्पर्कबिहिन हुनुभएको छ ।

बानियाँ सोमबारदेखि बेपत्ता भएको भन्दै कान्तिपुर प्रकाशनले प्रहरी परिसर काठमाडौंमा खोजतलासको लागि निवेदन दिएको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिं राठौरले बताउनु भयो ।

उहाँको परिवार पनि खोजतलासको निवेदन दिन परिसर पुगेका थिए। तर परिवारलाई महानगरीय अपराध महाशाखामा पठाइएको छ।