
बुटवल , प्रदेश नं ५ मा कोभिड–१९ को जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी प्रदेश सरकारले सीमा व्यवस्थापन र नियन्त्रणलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सीमा क्षेत्रको आवागमनलाई थप कडाइका साथ प्रभावकारी बनाउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
