
काठमाडौं , आज मंगलबार सुनको मुल्यमा ८ सय रुपैयाले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैयामा कारोबार भएको थियो भने आज मंगलबार ८ सय घटेर सुन प्रतितोला १ लाख १ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँ बढेर १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
