
काठमाडौं , आइतबार ३८० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ३८० जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २२ हजार ९७२ जना पुगेको छ । पछिल्लो पटक आइतबार ३८० जना संक्रमित थपिएका हुन् । यसैगरी, १६ हजार ३५३ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा ४० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ७५ जनाको मृत्यु भएको छ ।
