
विराटनगर , विराटनगर महानगरपालिकामा २२ जना कोरोना संक्रमित थपिएका छन्।
कोशी अस्पतालको शनिबार रातीको रिपोर्ट अनुसार महानगरपालिकाको ९ नम्बर वडाबाट ११ जना संक्रमित थपिएका हुन ।
महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले ९ बाट ११ जनासँगै वडा नम्बर ३, १० र १४ मा समान २ जनामा संक्रमण देखिएको छ।
त्यसैगरि, वडा नम्बर ६, ११, १२, र १५ बाट समान १ जनामा कोरोना संक्रमण देखिएको हो।
त्यसैगरि, ३८ वर्षीय १ पुरुष संक्रमितको ठेगाना विराटनगर मात्र रहेको कार्कीले जानकारी दिनु भयो ।
थप भएका २२ जनामध्ये ७ जना महिला र १५ जना पुरुष रहेका छन् । उनीहरु ९ वर्षदेखि ६० वर्ष उमेरसम्मका रहेको काकीले जानकारी दिनु भयो ।
सोही रिपोर्टमा मोरङको जहदाका १ र प्रदेश २ का ४ जनामा पनि कोरोना देखिएको छ।
२२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको महानगर जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
