क्‍वारेन्टाइनमा एक युवतीले गरिन् आत्महत्या

२३ श्रावण २०७७, शुक्रबार १७:५७

काभ्रे, एक युवतीले बेथानचोक गाउँपालिकाको क्‍वारेन्टाइनमा आत्महत्या गरेकी छिन् ।वडा नम्बर ४ की २१ वर्षीया युवती क्‍वारेन्टाइन स्थलमा नै झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

युवती मृत फेला फरेपछि आक्रोशित आफन्त र स्थानीयले स्वास्थ्य चौकी तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिनु भयो ।