२४ घण्टामा थपिए ४६४ जना संक्रमित, निको भएर घर फर्किए ४२५ जना

२३ श्रावण २०७७, शुक्रबार १६:४०

काठमाडौं , शुक्रबार ४६४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या २२ हजार २१४ जना पुगेको छ । पछिल्लो पटक शुक्रबार ४६४ जना संक्रमित थपिएका हुन् । यसैगरी, १५ हजार ८१४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ४२५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा गौतमले बताउनु भयो ।