
काठमाडौं, काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूसहितको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको छ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै प्रजिअहरूको बैठकले यस्तो निर्णय गरेको हो। भदौ ८ गते सम्म प्रशासनिक कार्य सबै बन्द गरिएको छ। संक्रमण देखिएका ठाउँमा सिल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनु भयो ।
यसअघि गृह मन्त्रालयले काठमाडौं उपत्यकासहित २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।
