
बैतडी , डिलाशैनी गाउँपालिका–४ बलालीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दका अनुसार ४० वर्षीया पशुपति बोहरा र उनका छोरा १२ वर्षीय रिकेशको मृत्यु भएको हो। बिहीबार राति १२ बजेतिर पहिरो खस्दा घरमा सुतिरहेका आमा–छोराको मृत्यु भएको प्रहरी निरीक्षक चन्दले बताउनु भयो । मृतक आमा–छोराको शव पोष्टमार्टमा लागि गोकुलेश्वर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
