मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निम्ति राजा सहितको प्रजातन्त्र कमल थापा

२२ श्रावण २०७७, बिहीबार १५:४६

काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निम्ति राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दाबी गर्नु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टी भन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकीय भूमिका रहने गरी राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको बताउनु भयो ।

शासन जनताले गर्ने राजसंस्था एकताको सुत्रको रुपमा अभिभावक मात्र हुने थापाको भनाइ छ । ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दु राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिनु भयो ।