लैजाउ मामा घर बोलको म्युजिक भिडियो सार्वजनिक

२० श्रावण २०७७, मंगलवार १५:५१

काठमाडौं , तिजका नयाँ नयाँ गीत सार्वजनिक भईरहेका बेला फेरी फरक खालको नयाँ तिज गीत लैजाउ मामा घर बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक मोतिराज खनाल , मिना काउछा मगर र बाल कलाकार शिबानी थापा मगर को आवाजमा रहेको तिजको कोसेली लैजाउ मामा घर बोलको मार्मिक तिजगीतको म्युजिक भिडियो मञ्जरी डिजिटल स्टुडियोको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । उक्त गीतको संगित चुमान काउछा मगरको रहेको छ भने शब्द रचना स्वयम गायक मोतिराज खनालको रहेको छ । गीतमा बाल गायिका शिवानी थापा मगरको साथै बिमता घर्ति मगर र केशब पाण्डेको अभिनय रहेको छ । उक्त गीतको निर्देशन चुमान काउछा मगरले गरेका हुन ।