अग्रजका सपना साकार पार्न एकताबद्ध हुनुपर्छः प्रधानमन्त्री

१७ श्रावण २०७७, शनिबार ११:४६

काठमाडौं , प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ ।

तुलसीलाल अमात्यको २३ औँ स्मृति दिवसका अवसरमा शनिबार श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै अग्रजका सपना साकार पार्न एकताबद्ध हुनुपर्ने बताउनु भएको हो ।
समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेको उल्लेख गर्दै उहाँले पूँजी र प्रविधिको प्रयोग गरेर उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने बाटोबाट समृद्धि हासिल हुने बताउनु भयो ।