म्याग्दीमा सरुवा भई आएका एक प्रहरीमा कोरोना पुष्टि

८ भाद्र २०७७, सोमबार ११:५२

म्याग्दी, जिल्लामा सरुवा भई आएका एक प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । सरुवा भई जिल्ला प्रहरी कार्यालय, म्याग्दीभित्रको छुट्टै होल्डिङ सेन्टरमा बसेका ७ जनाको समुहमध्ये १ जनामा कोरोना पुष्टि भएको हो ।

नेपाल प्रहरीको गण्डकी प्रदेशको प्रहरी गणबाट भदौ १ गते आएर प्रहरीको क्वारेन्टाइनमा बसेका ७ जनाको पीसीआर परीक्षण गरिएकोमा संक्रमित प्रहरीबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।