पार्टी फुटे मैनाली, वैद्य र भट्टराईको हालत हुन्छः रायमाझी

२३ श्रावण २०७७, शुक्रबार १४:३७

अर्घाखाँची , नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सहमति विना प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन नहुने बताउनु भएको छ ।

अर्घाखाँचीमा भएको कार्यक्रममा नेता रायमाझीले पाटी फुटे कस्तो हालत हुन्छ भन्ने हेर्न सिपी मैनाली, मोहन वैद्य र बाबुराम भट्टराई हेरे मात्रै पनि पुग्ने भन्दै उहाँले व्यक्तिभन्दा संगठन र पार्टी ठूलो हुने बताउनुभयो ।
आलोपालो प्रधानमन्त्री बन्ने पहिलेको सहमति भए पनि सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्ष ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने भन्दै गरेको प्रस्ताव सर्व सहमतिले पारित भएकाले यसै सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो ।