घट्यो सुनचाँदीको मूल्य

१ भाद्र २०७७, सोमबार १२:३५

काठमाण्डौ , सुनचाँदीको मूल्य आज घटेको छ । तोलामा २ सय रुपैयाँ घटेर सुन आज तोलामा ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।