गीतकार डा उपाध्यायले पुनः १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्नु भयो

२६ श्रावण २०७७, सोमबार १६:३९

काठमाडौं , नेपाली सांगीतिक क्षेत्रमा पुनः एउटा इतिहास कायम भएको छ ।
यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा डिआर उपाध्यायले कायम गर्नु भएको हो ।
१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाईनको गीत रेकर्ड गराएर गत महिनाअघि मात्र गिजिन बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनु भएका गीतकार डा उपाध्यायले अहिले आएर पुनः १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्नु भएको छ । यो नेपालकै लागि गौरवको कुरा हो ।
आईतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राययादबले यी १७ वटा विधामा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नु भएको छ ।

‘यसरी एकै दिन फरक १७ विधामा १० विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुनुन्छ । यो व्यक्तिका लागि मात्र नभएर समग्र नेपालकै लागि गौरबको कुरा हो’ मन्त्री यादबले कार्यक्रममा भन्नु भयो ।
उहाँले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट वर्ल्ड रेकर्ड कायम गर्नु भएको हो ।
उहाँले अमेरिकन बुक अफ रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, च्याम्पिएन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एस्क्युसिभ वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७ १७ विधामा एकसाथ वर्ल्ड रेकर्ड बनाउनु भएको छ ।
यी १० कम्पनीबाट उहाँले १७ वटा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्राप्त गर्नु भएको छ ।
वर्ल्ड रेकर्ड प्राप्त गरेका १७ वटा फरक विधा यस प्रकार छन् ।

१ नारी एवम् पुरुषले दुबैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र ब्यवहार गर्नुपर्छ भन्ने एक एक लाईनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाईनको गीत ।
२ एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द शब्दको गीत
३ साँकेतिक भाषा (साईन ल्याङ्ग्वेज) द्वारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको ।
४ हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरुको नाम कामबारे बनाईएको गीत
५ अक्षर अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी ।
६ तीनवटा सप्तक बनेको गीत
७ अत्यधिक पटक सगरमाथा हिमाल आरोहण गर्नेहरुको नामबाट गीत
८ प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत
९ संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरे पटक प्रयोग गरेर बनेको गीत
१० एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत
११ एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको
१२ संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक २ बाई २ इन्च)
१३ आठ वटा उपन्यास समावेश गरी बनाईएको एउटै पुस्तक संग्रह
१४ एकै दिन १९ वटा गीति संग्रहको बिज्ञापन प्रकाशन गरेको ।
१५ एकै दिन १९ वटा सिडी एलबम धेरै पोष्टबक्समा खसालेको
१६ एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक पढेको
१७ आफ्नै शब्द रचनाको ३ २ को सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोष्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको

यसरी यी १७ विधामा फरक १० विश्व किर्तीमानी कम्पनीबाट २०७७ साउन २५ गते वर्ल्ड रेकर्ड राखिएको छ ।
यसअघि गिनिज वर्ल्ड सहित १५ विधामा विश्व किर्तिमानी कायम गरेका उपाध्यायले आजसहित ३२ विधामा फकर फरक विश्व किर्तीमानी कायम गर्नु भएको छ ।
नेपाली संगीतमा लागेकाहरुलाई यो खबर अत्यन्त सुखद पक्ष भएको गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताउनु भयो ।
किर्तिमानी गीतकार उपाध्यायले ब्यक्ति भन्दा पनि नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउँदै गिनिज, अमेरिकन वर्ल्र्ड बुक सहित सबै वर्ल्र्ड रेकर्डमा नेपालका नाम लेखाउन आफुले यस्तो कार्य गरेको बताउनु भयो । यो रेकर्ड व्यक्ति नभएर देशको भएको उहाँको कथन थियो ।
कार्यक्रममा डा उपाध्ययको चार गीति संग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरीपनि मन्त्री यादवले बिमोचन गर्नु भयो ।