कुटपिट गरी हत्या गर्ने पक्राउ

११ भाद्र २०७७, बिहीबार १४:४३

रोल्पा , परिर्वतन गाउँपालिका–२ बागमारा बादी टोल बस्ने मनबहादुर बादीको हत्या गरेको अभियोगमा सोही ठांउ बस्ने रामचरण बादीलाई प्रहरीले पक्राउ गरेको छ ।
रामचरणले घरको ढोका ढक्ढकाएपछि ढोका खोल्न आएका मनबहादुरलाई एक्कासी चिरपटले टाउकोमा हान्दा उनको घटनास्थलमै मुत्यु भएको थियो। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बागमारा र ईलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले रामचरण बादीलाई नियन्त्रणमा लिएको थियो ।