आन्तरिक उडान तत्कालै सञ्चालन हुने अवस्था छैनः पर्यटनमन्त्री

९ भाद्र २०७७, मंगलवार १६:२८

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान तत्कालै चल्ने अवस्था नभएको बताउनु भएको छ । मन्त्री भट्टराईले आर्थिक वर्ष २०७६०७७ को प्रगतिपुस्तिका सार्वजनिक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

उहाँले कोभिड १९का संक्रमितको अवस्था बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताउनु भयो ।

उहाँले मन्त्रालय आन्तरिक उडान खोल्ने कुरामा सकारात्मक भए पनि कोभिडको जोखिमलाई ख्याल गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले चाडपर्वनजिकै आएको भन्दै आन्तरिक उडान खोल्ने अवस्था भने आएको बताउनु भयो ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानमा दैनिक ५ सय मात्रै आउन पाउने संख्या कम भएको स्वीकार गर्दै जोखिमलाई पनि ख्याल गर्दै संख्या बढाउने उहाँको भनाइ छ।

वायुसेवा सञ्चालक संघले भदौ १६ गतेबाटै आन्तरिक उडान नखोले आन्दोलन गर्ने चेतावनी दिइसकेको छ।