अमेरिकामा आँधीका कारण २० जनाको ज्यान गयो

१० भाद्र २०७७, बुधबार १३:१८

काठमाडौं , अमेरिकाको समुद्री तटीय राज्यहरु क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेको आँधीले २० जनाको ज्यान लिएपछि ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।

लौरा ब्यारेल नामको आँधी क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको र टेक्सस र लुदियानातर्फ अघि बढेकाले त्यस क्षेत्र वरपरका सर्वसाधारणलाई आ–आफनो घर खाली गर्न आदेश दिइएको छ ।

भारी वर्षापछि आएको आँधीले अधिकांश घरहरु नष्ट गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो क्षेत्रका बासिन्दका लागि राहत प्याकेजको घोषणा गर्न सम्बन्धित निकायलाई अपील गर्नुभएको छ ।

यसबीच टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।(एजेन्सी)