भिसा सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, सरकारले अनिश्चित कालका लागि भिसा सेवा स्थगित गरेको छ।अध्यागमन विभागले सोमबारदेखि लागु हुने गरि भिसा सेवा स्थगित गरिएको जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण लामो समय स्थगित गरिएको भिसा सेवा केही समयअघि मात्र सुचारु गरिएको थियो। कोरोना भाइरसको फैलँदो संक्रमणलाई मध्यनजर गर्दै भिसा सेवा स्थगित गरिएको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।


प्रकाशित | २०७७ श्रावण २६ प्रकाशित १७:१७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ