‘नौ डाँडा पारी’ सार्वजनिक

७ भाद्र २०७७, आईतवार १५:२०

काठमाडौं , गायिका मेनुका राईको लोक आधुनिक गीत ‘नौ डाँडा पारी’ सार्वजनिक भएको छ । परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथबाट छोड्नुपर्दाको पीडालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा अम्बर सुब्वाको शब्द सिर्जना रहेको छ । गिरिराज निरौलाको संगीत तथा राजु कार्कीको एरेन्ज समावेश भएको गीतमा भावनात्मक रुपमा प्रेमिप्रेमीकाबीचको माया र स्नेहलाई देखाइएको छ । भिडियोमा समिर राईको छायांकन, नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन रहेको छ । गीतमा गायिका मेनुकाकै अभिनय छ ।