आज थप ३११ जना संक्रमित, कुल संक्रमितको संख्या १९ हजार नाघ्यो

१३ श्रावण २०७७, मंगलवार १७:२४

काठमाडौं , मंगलबार ३११ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज ३११ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो । योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १९ हजार ६३ जना पुगेको छ ।

पछिल्लो पटक मंगलबार ३११ जना संक्रमित थपिएका हुन् । यसैगरी, १३ हजार ८७५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो घण्टामा १२१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको डा। गौतमले बताउनु भयो । यही संक्रमित मध्येबाट ४९ जनाको मृत्यु भएको छ ।