
काठमाडौं, भोलिदेखि नेपालमा पुनः मौसम सक्रिय हुने भएको छ। वर्षा गराउने मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनु भयो । यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो। आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
