पार्टी कुनैपनि हालतमा फुट्दैनः (नेकपा) संसदीय दलका प्रमुख सचेतक गुरूङ

१० श्रावण २०७७, शनिबार १८:०३

काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने स्पष्ट पार्नु भएको छ । नेकपा फुट्दा नेपालको राष्ट्रियता नै संकटमा पर्ने खतरा रहेको उहाँले बताउनु भयो । शनिबार एक साक्षात्कारमा बोल्दै गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने आवश्यकत्ता रहेको बताउनु भयो । सरकारको कामकारबाहीमा कमिकमजोरी भए सुधार गरेर लैजानुपर्ने उहाँको तर्क छ ।

उहाँले बहुमतप्राप्त पार्टी विभाजन भयो भने संसद हंक–पार्लियामेन्टमा रुपान्तरण हुने खतरा औंल्याउनु भयो ।
उहाँले पार्टीभित्रको विवादका बिषयमा छलफल र बहस भैरहेको बताउनु भयो । पार्टीको निर्णय सबैले मानेर नै अघि बढ्नुपर्ने उहाँको तर्क छ । भारतीय मिडियाले नेपालका बिषयमा गरेका प्रचार अफवाहबाहेक अरु केही पनि नभएको उहाँको टिप्पणी छ । मुलुकमा कोरोना महामारी, बाढि पहिरो र डुबानलगायतका विपत्ति विद्यमान रहेकोले सबै एकजुट भएर लाग्नुपर्ने उहाँले आवश्यकत्ता औंल्याउनु भयो । गुरुङले मुलुकका अगाडि केही राजनीतिक संकट पैदा भएको पनि उल्लेख गर्नु भयो ।