उदयपुर , उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको मृत्यु भएको छ ।
आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताउनु भयो ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएको छ ।