पर्सामा थप ८ जनामा कोरोना, वीरगञ्‍जमा निषेधाज्ञा

१० श्रावण २०७७, शनिबार १२:३०

काठमाडौं , वीरगञ्‍जको बिर्ता र सखुवाप्रसौनी गाउँपालिकामा ८ जना कोरोना संक्रमित थपिएका छन्‌।

कोरोना फैलिएपछि वीरगञ्‍जमा शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार शुक्रबार साँझ रौतहटका १ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितहरूको स्वाब बिहीबार संकलन गरिएको थियो। वीरगञ्‍जस्थित नारायणी अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेहरू ५ देखि ५२ वर्षसम्मका छन्‌।