
काठमाडौं, जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नु पर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन भन्नु भएको छ । त्यस्तै उहाँले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन प्रस्ताव गर्नु भएको छ । यसका साथै उहाँले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गर्नु भएको छ । श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला बाबुरामको यस्तो भनाइ आएको हो।
