
काठमाडौं , सीतापाइलामा बिहिबार बेलुका २२ वर्षीया युवतीमाथि एसिड प्रहार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नागर्जुन नगरपालिका–४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो।
उनीमाथि एसिड प्रहार गर्ने एक भारतीय नागरिक र योजनाकार गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौटहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद छन्।
