
काठमाडौँ , श्रीमती हत्यामा जेल परेका सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रञ्जन कोइराला थुनामुक्त भएका छन् । श्रीमती गीता ढकालको हत्या गरेपछि जेल परेका कोइराला बिहीबार बिहान डिल्लीबजार कारागारबाट थुनामुक्त भएका छन ।
श्रीमती हत्या मुद्दामा जिल्ला र पुनरावेदन अदालतले गरेको जन्मकैदको फैसला गत असार १५ गते सर्वोच्च अदालतले घटाएर ८ वर्ष ६ महिनामा झारेपछि उनी थुनामुक्त भएका हुन् । पूर्वडीआइजी कोइराला साढे ११ वर्ष कैद छुट पाएका थिए ।
