अनलाईन कक्षा आजबाट पुन सञ्चालन

८ श्रावण २०७७, बिहीबार ११:३४

काठमाडौंः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले बन्द गरेको अनलाईन कक्षा आजबाट पुन सञ्चालनमा ल्याएको छ। सरोकारवालाहरु बीचको छलफलपछि स्कुल सञ्चालकले आजबाट अनलाइन कक्षा सञ्चालनमा ल्याएको हो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टिकाराम पुरीले बन्द गरेको अनलाईन कक्षा आजबाट सञ्चालनमा ल्याएको बताउनु भयो ।