
काठमाडौं , भारी वर्षाको कारण जमिन गलेपछि आएको पहिरोले २० वटा घर पुरिएको छ । मर्स्याङदी गाउँपालिका– ३ मा पहिरोले २० घर पुरेको प्रहरीले जनाएको छ ।
पहिरो आएको सूचना पाएलगत्तै प्रहरी उद्धारको लागि घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । तर, पहिरोले घरहरू पुरिए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
