बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

३ श्रावण २०७७, शनिबार १७:२०

काठमाडौं , प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य बैठकमा सहभागी छन् ।
बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीति बिषयमा छलफल हुने बुझिएको छ ।