
काठमाडौं , नेकपा स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । तर, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।
