
काठमाडौं , मंगलबार ११६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भयो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १७ हजार ६१ जना पुगेको छ । पछिल्लो पटक मंगलबार ११६ जना संक्रमित थपिएका हुन् । यसैगरी, दश हजार ३२८ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३८ जनाको मृत्यु भएको छ ।
